skip this

पर्सामा प्रहरी जवान मृत फेला परे

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । पर्सामा ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको छ।

पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा शव फेला परेकाे हाे ।

घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जनाएकाे छ । उनको मृत्युको कारण खुल्न सकेकाे छैन । गिरीको शव फेला परेको घरमा बसिरहेका दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

nijgadh-supermart-adz1200-630