skip this farak Kura Pravakar

तालिबान लडाकु राजधानी काबुलबाट ११ किलाेमिटर टाढा

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्।
मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ।
समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्। अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्।
अमेरिकाले काबुलमा रहेका कुटनीतिक कर्मचारी फिर्ताका लागि सेनासहितको विमान पठाएको छ। अमेरिकी सेनाको पहिलो दस्ता काबुल विमानस्थलमा अवतरण गरिसकेको जनाइएको छ।
काबुलमा रहेका आफ्ना हजारौं कुटनीतिज्ञलाई सुरक्षीत रुपमा फिर्ता लैजान अमेरिकाले झण्डै ३ हजार सैनिकसहित विमानहरु पठाइरहेको अधिकारीहरुको भनाइ छ।

nijgadh-supermart-adz1200-630