निजगढ र काेल्हवीमा धमाधम वडा कमिटी गर्दै नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य दंगाल
वि.सं.२०७८ साउन ३१ आइतवार ०८:४०
बारा : नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको निर्देशनपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निजगढ वडा कमिटी गठनमा जुटेकाे छ ।
१३ वटा वडा रहेकाे निजगढ नगरपालिकामा ६ वटा वडा कमिटी गठन भईसकेकाे छ । वडा नम्बर १, ३, ५, ६, ८ र ९ वडा कमिटी भएकाे छ ।
पार्टी वडा भेलाले कमिटी गठन गरेकाे हाे । माओवादी केन्द्र प्रदेश २ कमिटीका सदस्य युवा नेता रबिराज दंगालको प्रमुख आतिथ्यतामा भेला भईरहेकाे छ । नेकपा(माओवादी केन्द्र) ले बारा जिल्ला अन्तर्गत प्रदेश कमिटीको जिम्मेवारीमा स्थानिय तहनै तोकि जिम्मेवारी दिईएको थियो । निजगढ र कोल्हबीको जिम्मेवारी प्रदेश कमिटी सदस्य नेता दंगाललाई तोकिएको छ ।
निजगढ नगरपालिका वडा नं. १ काे अध्यक्षमा बहादुर माेक्तान र सचिवमा अनन्त बराएलीसहित कमिटी गठन भएकाे छ । त्यस्तै वडा नं. ३ मा क्षेत्र बहादुर बल र सचिवमा बुद्ध सिंह माेक्तानसहित कमिटी गठन भएकाे छ ।
त्यस्तै वडा ५ को अध्यक्षमा दिनेश गौतम र सचिवमा कुल बहादुर जिम्बा सहित २९ सदस्यीय वडा कमिटी बिस्तार गरेको छ।
त्यस्तै वडा ६ को अध्यक्षमा षडान्द गौतम र सचिवमा बुद्ध लामा सहित २९ सदस्यीय कमिटी गठन भएकाे छ । त्यस्तै वडा नम्बर ९ मा शेख अन्जरकाे अध्यक्षता तथा सचिवमा टिक बहादुर थापा मगर (मोहन) सहित २९ सदस्यीय वडा कमिटी बिस्तार गरेको छ।
त्यस्तै वडा नं. ८ नम्बर वडा अध्यक्षमा पेमा घेम्जो लामा र सचिवमा सालिकग्राम ढुंगाना सहित २९ सदस्यीय कमिटी भएकाे छ ।
वडा भेलामा पार्टी नगर संयोजक दिपक खड्का, जिल्ला कमिटी सदस्यहरु बेनिबहादुर मोक्तान, सन्तोष दंगाल, संजिव लोप्चन, कुमार लामा, जिरिमाया बल,सिद्दिलाल लामा, कुमार लामा योन्जन, यतिराज सापकोटा लगायतको उपस्थिति रहेकाे थियाे ।
त्यस्तै काेल्हवी नगरपालिकाकाे तीन वटा वडामा कमिटी गठन गरिएकाे छ । ११ वटा वडा रहेकाे काेल्हवीमा वडा नं. १, ५ र ९ मा कमिटी गठन भएकाे नेता दंगालले जानकारी दिए ।
कोल्हबी वडा नं. १ काे अध्यक्षमा ओम प्रकाश चौधरी र सचिवमा अमृत गहतराज, वडा नं. ५ काे अध्यक्षमा देवराज चौधरी र सचिवमा विरेन्द्र चौधरी, वडा नं. ९ काे अध्यक्षमा दल बहादुर चौधरी र सचिवमा प्रकाश चौधरी चयन भएका छन् ।
वि.सं.२०७८ साउन ३१ आइतवार ०८:४०