skip this farak Kura Pravakar

मेची महाकाली उल्टो पैदल यात्री परियार सप्तरीमा (भिडियोसहित)

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अम्बिका दहाल
सप्तरी । झापाको मेची पुलबाट मेची महाकाली उल्टो पैदल यात्रा सुरु गरेका दाङ तुलसीपुर– ३ रानागाउँका ऋषि परियार आईतबार सप्तरी आईपुगेका छन् ।
परियारले एक सातअघि काँकरभिट्टाबाट यात्रा सुरु गरेका थिए । झापा, सुनसरी हुदैँ परियार ९ दिनमा सप्तरी आईपुगेका हुन् ।
उल्टो पैदल यात्राको योजना बनाएर दाङको तुलसीपुरदेखि झापा पुगेका थिए ।
‘स्वास्थ्यकालागि मेचीमहाकाली उल्टो पैदल यात्रा’ नारा दिएका परियारले दुई महिनामा महाकाली पुग्ने योजना बनाएको बताए । हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाई सकेका परियारले उल्टो यात्रा सकेर पनि आवेदन दिने बताएका छन् ।
पैदल यात्री परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेको बताए । उनीसंग स्थानीयले स्वागत गर्दै तस्वीर खिचेका थिए । उनलाई स्थानीय अधिकारकर्मी तथा विभिन्न संघसंस्थाले सहयोग समेत गर्दै आएका छन् ।

भिडियो

 

nijgadh-supermart-adz1200-630