skip this

शिक्षिका शाही बलात्कार प्रकरण: एमाले सांसद बानियाँमाथि अनुसन्धान हुदैंछ, डीएसपी न्यौपाने

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेकपा एमालेका सांसद नेता बानियाँमाथि बलात्कारको आरोप लागेको छ ।

संसाद नेता बानियाँमाथि जुम्लाकी शाही थरकी शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।

शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा नेता बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुधन न्यौपानेले फरक नेपाल डटकमलाई बताए । बानियाँमाथि माघ १९ गते राती अप्सरा होटलमा बसेको बेला बानियाले बलात्कार गरेको आरोप लागेको छ ।

शिक्षिका शाही जाहेरी दिन जिप्रका बाँके शुक्रबार नै पुगेकी थिइन ।  उक्त घटनाका बारेमा बाँके प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी न्यौपानेले फरक नेपालसंग टेलिफाेन मार्फत कुरा गर्दै भने  ।

डीएसपी न्यौपानेले सांसद बानियाँविरुद्ध परेको बलात्कारको जाहेरी माथि आज प्रकृया अगाडी बढाइने बताए । “सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको” उनले भने ।

बानियाले आफुलाई २५ लाखको चेक दिए तापनि पछि खोसेर लगेको शिक्षिका शाहीले जाहेरीमा बताएकी छिन । त्यो रात दुई पटक कन्डम लगाएर बानियाले बलात्कार गरेको शिक्षिका शाहीले दाबी गरेकी छिन ।

दुई पटक कन्डम लाएर बलात्कार गरेको भन्दा प्रहरी अधिकृत आश्र्चय चाकित परेका छन । बलात्कृत शाहिको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे रहेको छ ।

nijgadh-supermart-adz1200-630