माओवादीका गैरसांसद मूर्तिचोर लामालाई मन्त्री बनाएको समाचार लेख्ने पत्रकारलाई धम्की, महासंघको आपत्ति
वि.सं.२०७८ माघ २६ बुधवार १९:३९

गणेश विक, काठमाडाैं । मूर्तिचोर गैरसांसद छिरिङ डम्डुल लामा ‘कार्चेन’लाई मन्त्री बनाएको समाचार लेख्ने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका कर्णाली प्रदेश व्यूरो प्रमुख सुदीप पुरी र सदस्य तथा उकेरा डटकमका पत्रकार जगतदल जनाला विकलाई धम्की दिइएको छ।
याे पनि….
https://faraknepal.com/11190
समाचारको विषयलाई लिएर कार्चेनका समर्थकले पत्रकारहरुलाई धम्की दिने, अपशब्द प्रयोग गर्ने, हतोत्साहित बनाउने र सामाजिक सञ्जालमा समेत अपमानजनक शब्द प्रयोग गरेपछि समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गरी गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले यस घटनाप्रति खेद प्रकट गरेको छ।
महासङ्घका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा मन्त्रीनिकट व्यक्तिहरूबाटै पत्रकारमाथि भइरहेको कार्य प्रेस स्वतन्त्रता विरोधी भएको र स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको बताएको छ।
याे पनि….
https://faraknepal.com/10902
विज्ञप्तिमा भनिएको छ- ‘सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति भए वा चित्त नबुझे त्यसको खण्डन गर्ने र त्यसविरुद्ध कानूनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण मन्त्रीनिकटकै व्यक्तिहरूबाट पत्रकारमाथि भइरहेको यो कार्य लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी र स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो। तसर्थ यस्ता क्रियाकलापको महासङ्घ खेद प्रकट गर्दछ।’
विज्ञप्तिमा भनिएको छ- प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई गालीगलौज गर्ने तथा हतोत्साहित बनाउने जस्ता हर्कत हुनु खेदजनक र प्रेसविरोधी काम हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
विज्ञप्ति जस्ताकाे तेस्तै :
समाचारको विषयलाई लिएर पत्रकारलाइ अपशब्द प्रयोग गरी गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
मिति : २०७८।१०।२६
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका कर्णाली प्रदेश व्यूरो प्रमुख सुदीप पुरी र सदस्य तथा उकेरा डटकमका पत्रकार जगतदल जनाला विकलाई समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गरी गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) का बारेमा संप्रेषित समाचारको विषयलाई लिएर मन्त्रीका समर्थक तथा निकटस्थ व्यक्तिहरूले पत्रकारद्वयलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्ने तथा सामाजिक सञ्जालमा समेत अपमानजनक शब्द प्रयोग गर्ने गरेको महासंघ सुर्खेत शाखाले जनाएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई गालीगलौज गर्ने तथा हतोत्साहित बनाउने जस्ता हर्कत हुनु खेदजनक र प्रेसविरोधी काम हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रोसन पुरी
महासचिव
वि.सं.२०७८ माघ २६ बुधवार १९:३९
















