मन्त्री आलेको अश्लील शब्द बोलेको अडियो सार्वजनिक भएपछि, यस्ताे छ सचिवालयकाे तयारी (विज्ञप्ति)
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:०७
1.73K
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएको सम्बन्धमा मन्त्री आलेको सचिवालयले कानुनी परामर्श शुरु गरेको बताएको छ ।
मंगलबार सार्वजनिक भिडियो तोडमोड, काँटछाँट गरी भिडियो सार्वजनिक गरिएको भन्दै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ । यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको समेत उल्लेख गरेको छ ।
https://faraknepal.com/12401?
सचिवालयका अनुसार यो भिडियो पुरानो हो । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको थियो । नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको सचिवालयले उल्लेख गरेको छ ।
https://faraknepal.com/12395

वि.सं.२०७८ फागुन ३ मंगलवार १७:०७

















