कोल्हबीमा नगर स्तरीय भलिबल छनौट प्रतियोगिता हुने
वि.सं.२०७८ फागुन ५ बिहीवार १३:१२

बारा : बारा जिल्लाको कोल्हबी बजारको खुल्ला मैदानमा आउँदो ७ गते शनिबारको दिन तनहुँ सुन चाँदी एन्ड गहना उद्योगको प्रायोजनमा र जनशक्ति युवा क्लबको आयोजनामा कोल्हबी नगर स्तरीय भलिबल छनौट प्रतियोगिता हुने भएको छ ।
कोल्हबी नगरपालिका वडा नमबर १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा थारु सेवा सदन कोल्हबीको भवनमा बुधबार पत्रकार सम्मेलन गरिएको हो । कोल्हबी बजारको प्राङ्गणमा रहेका कम्पाउण्डमा एक दिन मै कोल्हबी नगरपालिकाका ११ वटै वडाका खेलाडीहरुलाई सहभागी गराई उत्कृष्ट खेलाडी छनौट गरी नगर स्तरिय टिम तयार गर्ने भएको छ ।
कोल्हबी नगरपालिका भरीका सम्पुर्ण भलिबल खेलाडीहरुलाई क्लबका अध्यक्ष खुसी चौधरीलाई वा क्लबका पदाधिकारीलाई भेटेर आ-आफ्नो नाम दर्ता गराउन क्लबका सह-सचीव समीर चौधरीले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बिरेन्द्र प्रसाद चौधरीले मन्तव्यको क्रममा खेलले गर्दा राष्ट्रिय स्तरमा कोल्हबी नगरपालिकालाई पनि पहिचान दिलाउन सकिने र खेलले गर्दा युवाहरु कुलत तिर नजाने, स्वास्थमा गडबडि नहुने, शारीरिक तथा मानसिक स्तरको वृद्धि हुने बताए ।
त्यस्तै तनहु सुन चाँदि एन्ड गहना उद्योगका संचालक जि.आर.लाई खेलाडीहरुको मनोबल बढाउन खेलको प्रायोजन गरिदिएकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तनहुँ सुन चाँदी एन्ड गहना उद्योग कोल्हबीका संचालक अमृत जि.आर., जनहित युवा क्लब खैराका प्रतिनिधि, शिव शक्ति युवा क्लब पुरानो बभनीका प्रतिनिधि, बरिष्ठ खेलाडी मोहन चौधरी, भुवनेश्वर राउत, लागायत जनशक्ति क्लबका समितिहरु र स्थानिय पत्रकारहरुको उपस्तिथि रहेको थियो ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १३:१२
















