विश्वभर कोरोना निको हुनेको दर बढ्दै
वि.सं.२०७८ फागुन १२ बिहीवार ०६:१४
1.59K
shares

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन् ।
योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन् । कोरोनाले अहिलेसम्म विश्वभर ५९ लाख ३५ हजारको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ ।
२४ घण्टामा मात्रै ९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ। अझै पनि विश्वभर ६ करोड ५५ लाख सक्रिय संक्रमित छन् ।
वि.सं.२०७८ फागुन १२ बिहीवार ०६:१४

















