संसदमा एमसीसीमाथि छलफलको तयारी : प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट
वि.सं.२०७८ फागुन १२ बिहीवार ०६:३६

काठमाडौं । बिहीबार अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनमाथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि सत्ता गठबन्धनका नेताको भेट बाक्लिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’लाई भेट्नुलाई महत्वका साथ हेरिएको छ।
प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएपछि प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।
अध्यक्ष प्रचण्ड सभामुखलाई भेट्न लैनचौरस्थित निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले एमसीसी अगाडि बढाएकाे छ । संसदमा टेवल भएको एमसीसी पास गर्ने पक्षमा कांग्रेस अगाडि बढेपछि माओवादी संकटमा परेको छ । माओवादी पास गर्न नहुने पक्षमा छ ।
बुधबार नै प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने चेतावनी प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाललाई दिइसकेका छन् ।
बुधबार सार्वजनिक कार्यसूची अनुसार आजबाट संसदमा एमसीसीमाथि छलफल हुँदैछ ।
वि.सं.२०७८ फागुन १२ बिहीवार ०६:३६

















