skip this

साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्षमाथि चोरीको आरोप

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनुषा । धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् ।

गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २\३ थान ल्यापटप र २ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । यद्यपि अध्यक्ष मण्डलले कार्यालयबाट १६ लाख रुपैयाँ चोरी भएको भन्दै उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष महतोले सहकारीको कार्यालयमा १६ लाख रुपैयाँ राख्ने के प्रयोजन थियो भन्दै प्रश्न गरे । सहकारीका संस्थापक सदस्य शोभित महतोले संस्थाको रकम अपचलन गरेर त्यसलाई ढाकछोप गर्न अध्यक्ष मण्डल र प्रबन्धक बृजेन्द्रकुमार यादवले चोरीको नाटक गरेको आरोप लगाए ।

nijgadh-supermart-adz1200-630