निजगढ विमानस्थलप्रति आशा
वि.सं.२०७८ फागुन १६ सोमवार २२:३५

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो–निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । बारास्थित् पूर्व–पश्चिम राजमार्गको निजगढसँग जोडिएको सिमरा–जितपुर उपमहानगरपालिका र कोहल्बी नगरपालिकामा विमानस्थल प्रस्ताव गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चलेको लामो समय भएपनि निर्माण प्रक्रियामा खासै प्रगति हुन सकेको छैन् । केहिसमययता खासै कसैले पनि चासो नदेखाएको बेलामा हालसम्मको प्रगति अवस्था बारेमा बागमती प्रदेश, नेपालका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डले चासो राखेका छन् ।
मुख्यमन्त्री पाण्डे विहीबार बारा पुगेर आयोजना बारेमा चासो राखेका हुन् । उनको टोलीले पसाहा नदि, टांगियाबस्ती हुदै तामागढीबाट निजगढ नगरपालिका कार्यालयमा पुगेको थियो ।
बारा जिल्लाको निजगढ नगरपालिका मा निर्माण हुन लागेको एयरपोर्टको निरिक्षणको लागि भएका बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सहितको टोलिलाई निजगढ नगरपालिकाले स्वागत पनि ग¥यो ।
निरीक्षणमा यस बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवाल, प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवा, सशस्त्र प्रहरी उपरीक्षक लगायत बिभिन्न निकायका प्रमुखहरुको उपस्थित थिए ।
निजगढमा निर्माण हुन लागेको एयरपोर्ट्को संरचना तथा एयरपोर्टको सुरक्षाका लागि कस्तो योजना तथा नीतिहरु बनाइएको छ भने बिषयमा बिशेष जनकारीको लागि मुख्य मन्त्री सहितको टोलि आएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मन्त्रालयले रूख कटान प्रक्रिया अघि बढाइदिन फेरि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ भने यही विषयमा पर्यटनमन्त्री प्रेमबहादुर आले र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवबीच छलफलसमेत भएको छ । यादब बाराबासी समेत हुन् । मन्त्री आलेले सर्वदलिय छलफल समेत आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरालाई सबै दल सकारात्मक देखिएका छन् ।
बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो–निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । बारास्थित् पूर्व–पश्चिम राजमार्गको निजगढसँग जोडिएको सिमरा–जितपुर उपमहानगरपालिका र कोहल्बी नगरपालिकामा विमानस्थल प्रस्ताव गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चलेको लामो समय भएपनि निर्माण प्रक्रियामा खासै प्रगति हुन सकेको छैन् । केहिसमययता खासै कसैले पनि चासो नदेखाएको बेलामा हालसम्मको प्रगति अवस्था बारेमा बागमती प्रदेश, नेपालका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डले चासो राखेका छन् ।
मुख्यमन्त्री पाण्डे विहीबार बारा पुगेर आयोजना बारेमा चासो राखेका हुन् । उनको टोलीले पसाहा नदि, टांगियााबस्ती हुदै तामागढीबाट निजगढ नगरपालिका कार्यालयमा पुगेको थियो ।