सार्वजनिक सम्पति हड्प्ने षड्यन्त्र
वि.सं.२०७८ फागुन १६ सोमवार २२:४१

सार्वजनिक सम्पती हड्प्ने प्रवृती बढेको छ । वनका नदी उकास क्षेत्र अतिक्रमण हुने क्रम बढेको छ । पछिल्लापटक पनि वन क्षेत्रको जग्गा हडप्नेको होडबाजी चलेको हो । घेराबार सार्दै अतिक्रमण बढेको हो ।
बाराको निजगढ नगरपालिका–१० लालमा पनि यस्तै भएको छ । डिभिजन वन कार्यालय, बारा र मातहतका निकाय रतनपुरी सब डिभिजन वन कार्यालय अतिक्रमित जमीन पटक–पटक हटाउने आग्रह गरेपनि अटेर हुदैछ । निजगढ नगरपालिका र वडा कार्यालयलले समेत अतिक्रमण हटाउन पटक–पटक जानकारी गराउँदै आएको छ ।
नदी उकास जमीन कव्जा वा अतिक्रमण नगर्न भन्दै सरोकारवाला निकाय र व्यक्तिलाई जानकारी गराउँदा घेराबार हटाएका थिए । तर वन कर्मचारीको निगरानीमा कमी आउन थालेसँगै मौका छोप्दै पुनःअतिक्रमण गर्ने प्रवृतीले निरन्तरता पाएको छ ।
भुमिहीन सुकुम्बासी समस्या समाधान आयोग गठन भएपछि सार्वजनिक सम्पती वैधानिक रुपमै आफ्नो बनाउन सकिन्छ किन भनेर पुनः अतिक्रमण भईरहेको छ । प्रकृति जमीन हत्याउन सकिन्छ भन्ने मनसायले नदी उकास र वन क्षेत्रको जमीन हडप्ने सुरु भएको छ ।
निजगढ नपा–१० लालमा करीब १० हेक्टर अतिक्रमित जग्गामध्ये २ हेक्टरको घेराबार, तारबार हटाइसकेको छ भने, बाँकी हटाउने तयारी छ ।
यो कार्यचाहिँ सर्वे टोलीले निजगढ नपाको सिगौल, लाल र रतनपुरीमा झन्डै एक महीनादेखि नापी गरिरहेका छन् ।
दश वर्षदेखि जोतभोग, खनजोत गरेको विवादरहित जमीनमा मात्र काम गर्ने गरेको, जसमा निर्देशिकाको समेत पालना गर्दै काम अघि बढाएको छ ।
वि.सं.२०७८ फागुन १६ सोमवार २२:४१













