बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
उजुरीसँगै बानियाँ सम्पर्कविहीन भएका थिए
वि.सं.२०७८ फागुन १६ सोमवार २३:५९
2.12K
shares

काठमाडौं ।बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।
सांसद बानियाँलाई नेपालगञ्जस्थित एयरपोर्टबाट पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।
पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीसँगै बानियाँ सम्पर्कविहीन भएका थिए ।
वि.सं.२०७८ फागुन १६ सोमवार २३:५९















