skip this

आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग

एन्फाले ए डिभिजन लिग समाप्तीसंगै बी डिभिजन लिग सुरु

1.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।

अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

एन्फाले ए डिभिजन लिग समाप्तीसंगै बी डिभिजन लिग सुरु गर्न लागेको हो ।

nijgadh-supermart-adz1200-630