skip this

रुपन्देहीमा ‘हनिट्र्याप’ प्रकरण : मन मिले यौन आनन्द, मन नमिले भए बलात्कार

रूपन्देही प्रहरीले जबर्जस्ती करणीको मुद्दामा समाएका घटनालाई अध्ययन गर्दा ९५ प्रतिशत हनिट्र्यापरले दुःख दिएका व्यक्ति छन्

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । पछिल्लो समय महिलामैत्री कानुनको दुरूपयोग गरी यौनसम्पर्कको विषयलाई बलात्कारको नाम दिँदा समस्या सिर्जना भएको छ ।

कानुनले महिलालाई बोलेकै भरमा प्रमाण मान्ने गर्दा समाजमा पीडादायी अवस्था सिर्जिएको हो । देशव्यापी रूपमा फैलिएको हनिट्र्याप ग्रुपले रूपन्देहीमा अझ समस्या निम्त्याएको छ । हनिट्र्यापले व्यक्तिको व्यक्तित्व र आर्थिक अवस्था हेरेर दुःख दिने गरेका छन् ।

हनिट्र्यापहरूले आर्थिक चलखेल गर्नकै लागि कुनै न कुनै बहाना मिलाएर कार्यायल, उद्योग वा फर्ममा प्रवेश गर्ने, चिनजान भएको व्यक्तिजस्तो गरेर नजिकिन हुने, प्रतिष्ठित व्यक्ति एक्लै भेटेमा यो ठाउँमा यो समयमा ममाथि बलात्कारको प्रयास भयो भनी पैसाको बार्गेनिङ गरेका छन् । जुन चिजको प्रमाण चाहिँदैन उसैलाई हतियार बनाएका छन् ।

रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई एक महिलाले गत साउन २४ गते बलात्कारको मुद्दा लगाइन् । उनले अध्यक्ष मात्र होइन सञ्चारकर्मी अस्लाम खानलाई पनि बलात्कार ग¥यो भनी उजुरी दिएकी थिइन् ।

ती महिलाले आफ्नो श्रीमान् चोरी केसमा इलाका प्रहरी कार्यालय मर्चवारको हिरासतमा रहेको र छुटाइदिनुप¥यो भनेर जाँदा ममाथि बलात्कार भयो भनेर मुद्दा हालेकी हुन् । शुक्ला र खानलाई फागुन १५ गते उच्च अदालत दाङ तुल्सीपुरको बुटवल इजलासले सफाइ दिएको छ ।

यसैगरी, रूपन्देहीको शिक्षा तालिम केन्द्रमा जागिरे श्रीमान् विदेश गए पनि सरकारी निवासमा अनधिकृत रूपमा बसिरहेकी एकजना अधबैंशे महिलाले चार जना लब्धप्रतिष्ठित व्यक्तिलााई बोलचाल गरेकै भरमा बलात्कार गरेको भनी उजुरी दिँदैं रकम असुल्ने गरेकी छन् ।

उनलाई शिक्षाका कर्मचारीले चर्चित हनिट्र्यापर भनेर चिन्ने गर्छन् । नेपाल प्रहरीले करणीको मुद्दा चलाउन पुरुषलाई ललाई फकाई मैले गरेको हो भन्ने बनाउनेदेखि महिला सेलका कर्मचारीले हनिट्र्यापरलाई उचाल्ने र पुरुषलाई दबाउने भूमिका खेल्दा यस्ता व्यवसाय मौलाउँदै गएको बताइन्छ ।

हनिट्र्यापर जबर्जस्ती करणी गर्न खोज्यो भन्दै नेपाल प्रहरीसमक्ष पुग्छन् । प्रहरीले आफ्नो काम र प्रगति देखाउन निर्दोष व्यक्तिलाई समाउँछन् । रूपन्देही प्रहरीले जबर्जस्ती करणीको मुद्दामा समाएका घटनालाई अध्ययन गर्दा ९५ प्रतिशत हनिट्र्यापरले दुःख दिएका व्यक्ति छन् ।

nijgadh-supermart-adz1200-630