प्रेस काउन्सिल, साइबर ब्युरो र गृह मन्त्रालयले दियो युट्युबरलाई चेतावनी, १६ वटा कारवाहीमा
दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरुलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा पत्राचार
वि.सं.२०७८ फागुन २० शुक्रवार १७:४२

काठमाडाैं । पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको छ ।
याे पनि….
साइबर ब्युरोको चेतावनी : युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं
काउन्सिलले सुचना तथा प्रशारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरुलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।
आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको छ ।
कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ ।
याे पनि….
युट्युबरबिरुद्ध नायिका थापाद्वारा साइबर ब्युरोमा उजुरी
अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौँ’– काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।
यसैबिच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युुब च्यानल)हरूमा सम्पे्रषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमार्फत् जनाइएको छ ।
पछिल्लो समय पल साह र पीडित नाबालिकसँग जोडिएर आएका समाचारहरुमा आचारसंहिता विपरित सम्प्रेषण समाचारप्रति काउन्सिलले विशेष निगरानी गरेको जनाएको छ ।
हेर्नुहाेस् विज्ञप्ती

यसै गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालबाट भ्रामक सूचना प्रवाह गर्नेहरुलाई प्रहरीले कारबाही गर्ने भएको छ।
अभिनेताविरुद्धको अभियोगमा यतिबेला युट्युब, टिकटक र सामाजिक सञ्जालहरुमा अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि गर्नेहरुविरुद्ध सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो।
केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने काम भइरहेको छ,’ साइबर ब्युरोले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवै मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा प्रचलित कानुनबमोजिम कारवाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्युरो अनुरोध गर्दछ।’
हेर्नुहाेस् विज्ञप्ती

यस्तै सुरक्षा निकायहरुको भिडियो एवम् तस्बिर दुरुपयोग भएको सम्बन्धमा गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेकाे छ । युट्युब, टिकटकल, इन्स्टाग्राम गायत सामाजिक सञ्जालबाट नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बलप्रति भ्रामक सूचना प्रवाह सम्प्रेषण भएका सामग्रीहरूप्रति गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने काम भइरहेको जनाएकाे छ ।
यस्ता अफवाह फैलाउने जाे काेहीलाइ कार्वाही गर्न इलाका प्रहरी कार्यालय र जिल्ला प्रशासनलाई आदेश दिएको छ ।
हेर्नुहाेस् विज्ञप्ती

वि.सं.२०७८ फागुन २० शुक्रवार १७:४२
















