skip this

अभिनेत्री थापालाई युट्युबमा गालीगलौज गर्ने प्रहरी नियन्त्रणमा

गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg
  1. काठमाडौँ । अभिनेत्री रेखा थापाविरुद्ध युट्युबमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

रेखा थापालाई युट्युबमार्फत गालीगलौज गरेको भन्दै उनकी दिदी तारा थापाले प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

सोही उजुरीका आधारमा काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई पक्राउ गरेर सोधपुछ गरिरहेको साइबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले बताए।

अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिग किशोरीको पक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी अभिनेत्री थापाप्रति गालीगलौज गर्दै एवान मिडियाको नाममा युट्युबमा सामग्री प्रसारण गरिएको थियो।

याे पनि….

nijgadh-supermart-adz1200-630