ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु
वि.सं.२०७८ फागुन २३ सोमवार १२:४०
घटनास्थल । तस्बिर : ललितपुर प्रहरी
काठमाडौँ । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ ।
आइतबार बेलुका खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन्।
ललितपुरका प्रहरी प्रवक्ता एसपी शिद्धिविक्रम शाहका अनुसार घरमुली अन्दाजी ५५ वर्षकी काइली स्याङताङ, बुहारी अन्दाजी २२ वर्षकी शुषमा स्याङताङ, नाति अन्दाजी ९ वर्षका आशिष स्याङताङ र नातिनी अन्दाजी पाँच वर्षकी आशमा स्याङताङको घटनास्थलमै मृत्यु भएको हो ।
अर्का एक नवजात शिशुको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काइली दुई दिने नातिको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नाबालकका बुवा अन्दाजी २३ वर्षका शुभाष स्याङताङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डाक्टरसहितको टोली घटनाको अनुसन्धानका लागि घटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आगो बलेको कोइला र बान्ता गरेको देखिएको छ ।
वि.सं.२०७८ फागुन २३ सोमवार १२:४०

















