मेड इन युएस पेस्तोलसहित बारामा दुई जना पक्राउ
वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५२
1.13K
shares

बारा : मेड इन युएस लेखेको एक थान पेस्तोल र म्यागजिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बारा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही स्थानका २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित विधायक होटेलबाट दुबैजनालाई पेस्तोलसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
उनीहरुको साथबाट मेड इन युएस नं. ७७७७० लेखेको म्यागजिनसहितको पेस्तोल र सोमा लाग्ने एक थान अतिरिक्त म्यागजिन बरामद गरिएको उनले बताए।
वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५२

















