१२ हवाई निशाना ध्वस्त
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ
वि.सं.२०७८ चैत ५ शनिवार १३:१९
1.11K
shares

काठमाडाैं । आफ्ना हवाई रक्षकहरुले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको सशक्त फौजले दाबी गरेको छ ।
युक्रेनी फौजले रुसका दुई विमान, तीन ओटा हेलिकोप्टर, तीन ओटा ड्रोन र चार ओटा क्रुज मिसाइल ध्वस्त पारिदिएको दाबी गरेको हो ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गरेका छन् ।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ ।
रुसी हमलामा २५ लाख भन्दाबढी युक्रेनीले देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् । रुसी हमलामा सयौंको मृत्यु भएको छ ।
वि.सं.२०७८ चैत ५ शनिवार १३:१९

















