skip this

कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ घाइते (भिडियाेसहित)

दुर्घटनामा परेकाे कारकाे चालककाे सिटमुनी रक्सीकाे बाेत्तल !

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्।

कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।

सुर्खेत घर भई हाल बत्तीसपुतली बस्ने खगेन्द्रप्रसाद अधिकारीले कार चलाएका थिए।

घटना बिहीबार दिउँसो भएको हो।

घाइतेहरूलाई कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको भने पहिचान खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630