skip this

सञ्चारकर्मी सुजन पन्त राजनीतिमा होमिए : गण्डकी गा.पा ४ को अध्यक्षमा उम्मेदवारी घोषणा

2.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै स्थानीय तहमा थुप्रै व्यक्तिहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्दै आएका छन्। निर्वाचनको समय नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ।

यसैक्रममा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ बाट सञ्चारकर्मी सुजन पन्तले वडाध्यक्षमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन्।

पन्त लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध रहँदै आएका व्यक्ति हुन्। उनलाई आफ्नै वडाका प्रतिस्पर्धिले समेत वडाध्यक्षमा उठ्ने आँकलन गरिरहेको बेलामा पन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेद्बारी घोषणा गरेका हुन्।

विगत लामो समयदेखि पत्रकारिताको क्राइम बिटमा काम गरेको पन्तको अनुभव छ। बाबुराम भट्टराई निकट रहेका उनी जनता समाजवादी पार्टीबाट आफ्नो उम्मेदवारी दिन लागेको बताउँछन्।

उनी भन्छन्, ‘मलाई पहिल्यैदेखि बाबुराम भट्टराई मनपर्छ। आफ्नो जिल्लावासी तथा उनका विकासका भिजनहरुले गर्दा पनि म उनीसँग जोडिन पुगे। मलाई एकीकृत समाजवादी (एस) र नेकपा माओवादी पार्टीका साथीहरुको पनि सहयोग रहनेछ।’

पन्तले आफू निर्वाचित भए उक्त कार्यकालभरी जनताको सेवाको लागि दिनरात नभनी खटिने बताएका छन्। त्यस क्षेत्रको जनताले पनि अन्य उमेदवारलाई भन्दा पन्तलाई सहयोग गर्ने बताउँदै आएका छन्।

प्रारम्भिक मत सर्वेक्षणलाई हेर्ने हो भने उनको जित सुनिश्चित रहेको निकट स्रोतले जानकारी दिएको छ। ‘राजनीतिलाई पेशा होइन, सेवाको रुपमा हेरिनुपर्छ’ भन्ने मान्यता राख्ने पन्त फरक दलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत साथ रहने गण्डकी–४ मा चर्चा हुँदै आएको छ।

हक्की स्वभावका पन्त गण्डकी–४ मा विकासप्रेमी, जनताको समस्यालाई आफ्नै समस्या ठान्ने, शालिन, मिलनसार व्यक्तित्वको रुपमा स्थापित छन्।

घुस लिने र दिने दुवै शत्रु भएको र त्यस्ता तत्वहरुलाई अब गोरखाको गण्डकी–४ भित्र कुनै पनि ठाउँ दिन नसक्ने बताएका छन्। उनले आफू अब सुशासन र समृद्धिको पक्षमा रहेको र त्यसैअनुरुप काम गर्ने बताए।

nijgadh-supermart-adz1200-630