skip this

सरुवा भएर पनि हाजिर नभएका निजगढका प्रमुख प्रशासन अधिकृतलाई तीनपाटनमा खटिन निर्देशन

3.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । निजगढका प्रमुख प्रशासन सुमन कुमार कार्कीलाई निर्वाचन आयोगले सिन्धुलीको तीनपाटन गाउँपालिकाको निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

४ महिनाअघि जिल्ला समन्वय समिति सिन्धुलीको जिल्ला समन्वय अधिकारीको रुपमा सुरुवा भएपनि हाजिर नभई निजगढ नगरपालिकामै कार्यरत छन् ।
आयोगले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरेर नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सोही सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन दिएको छ ।

आयोगले निजगढ नगरपालिकाको निर्वाचन अधिकृतका रुपमा सर्वोच्च अदालतका इजलास अधिकृत शम्भुप्रसाद बराललाई पठाएको छ ।
आयोगले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो। २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङिकत द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।


सिन्धुलीमा हाजिर भएनन्

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्की जिल्ला समन्वय समितिमा हाजिर नभएपछि जिल्ला समन्वय समिति सिन्धुली शाखा अधिकृतले कार्यबाहकका रुपमा सञ्चालन गरिरहेका छन् ।
समन्वय प्रमुख शंकर राज तिवारी वर्माले कार्की एकपटक पनि हाजिर हुन नआएकाले शाखा अधिकृत हरिप्रसाद अधिकारीले कार्यबाहक चलाईरहेको बताए ।

nijgadh-supermart-adz1200-630