बारामा स्थानीय तह निर्वाचन : मतदाता ४ लाख २३ हजार, मतदान स्थल ३०३ (सूची सहित)
वि.सं.२०७८ चैत १३ आइतवार २२:०७
4.24K
shares

बारा । स्थानीय तह निर्वाचनको लागि बारामा तयारी सुरु भएको छ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि बारामा मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।
आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार बारामा ४ लाख २३ हजार ३ सय २७ मतदाता रहेका छन् । त्यसमा पुरुष २ लाख ३१ हजार ८२६, महिला १ लाख ९१ हजार ४९० र अन्य ११ जना रहेका छन् ।
त्यस्तै बारामा ३०३ मतदान स्थल रहने छ भने ५४१ मतदान केन्द्र रहने छ ।
सूची

वि.सं.२०७८ चैत १३ आइतवार २२:०७

















