१८ वर्षिया युवती काकाको घरमा झुण्डिएको अवस्था फेला
वि.सं.२०७८ चैत २२ मंगलवार २०:३३
8.39K
shares

कलैया । बारामा एक युवती काकाको घरमा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाकी १८ वर्षिया मुनुता कुमारी यादवको झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनी काका जवाहर प्रसाद यादवको घरको भ¥याङमा रहेको फलामको रडमा प्लास्टीको डोरीको पासो लगाएको अवस्थामा आफन्तले बिहान ३ बजे फेला पारेका प्रहरीले जनाएको छ । उनीहरुले प्रहरीलाई साढे ६ बजे खबर गरेका थिए ।
युवतीको मृत्यु आत्महत्याकै कारण भएको–नभएको बारेमा अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
वि.सं.२०७८ चैत २२ मंगलवार २०:३३


















