निजगढका श्यामकृष्ण अनेरास्ववियु बाराको संयोजक चयन
३१ सदस्यीय कमिटी गठन
वि.सं.२०७८ चैत २५ शुक्रवार १४:१२
3.72K
shares

बारा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको संयोजकको जिम्मेवारी श्यामकृष्ण घिमिरेले पाएका छन् ।
बाराको निजगढ ६ स्थित गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक समेत रहेका घिमिरे जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक चयन भएका हुन् ।
जिल्ला भेलाले घिमिरेको संयोजकत्वमा ३१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजकमा शकर यादव चयन भएका छन् ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १४:१२
















