पथलैया–वीरगञ्ज व्यापारिक मार्ग विस्तार योजनाको काम अन्तिम चरणमा
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:०५

बारा । पथलैया–वीरगञ्ज व्यापारिक सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अधिकांश खण्डको काम अन्तिम चरणमा पुगेको हो ।
कालोपत्रे गर्दा सडक सुख्खा हुनुपर्ने भएकोले बेमौसमी वर्षाले समस्या पारेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पत लाल दासले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले निर्माण कम्पनीका प्रतिनिधि र योजना कार्यालयलाई बोलाएर छिटो काम गर्न निर्देशन दिइसकेका छन् ।
यो सडकलाई आठ खण्डमा विभाजन गरेर काम भइरहेको छ । जसमा तीनवटा वटा पुलहरु निर्माण भइरहेको छ । सिक्स लेन सडक खण्डमा तीन वटा पुल र एउटा कल्भर्टको काम पनि अपुरै रहेको छ ।
सिमरास्थित सूर्य टोबाकोको कम्पनीदेखि जीतपुरस्थित आर्मी क्याम्पसम्म ५.८० किलोमिटरको रहेको छ । शर्मा/युनाइटेड विल्डर्स/दिवा निर्माण सेवा जेभीले ठेक्का लिएको यस खण्डको ५५ प्रतिशत काम मात्र सकिएको छ ।
८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा निर्माण सम्झौता गरेको कम्पनीले ५ करोड ७५ लाख ७९ हजार ७ सय ९८ रुपैयाँ ६१ पैसा लिइसकेको छ ।
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:०५

















