skip this

 जिप पल्टँदा स्याङ्जामा पाँचको मृत्यु

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जीप पल्टिएको हो ।जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत कोही नभएको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630