skip this

भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने मन्त्री झाँक्रीको भनाइ

2.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने शहरी विकास मन्त्रालयले जनाएको छ । यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी हुुन् । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्युटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ ।

उनले भनिन्, ‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौं, राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संररचनाले जनजीवनसँग अर्थ राख्दैनन्, अर्को कुरा यसको संचालनको मोडालिटी समेत छैन ।’उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन् ।

nijgadh-supermart-adz1200-630