skip this

ललितपुरमा आजबाट निर्वाचन कार्यालय र मतगणना स्थल तोकियो

2.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय भट्टेडाँडा छपेलीस्थित नवनिर्मित प्रशासनिक भवनमा कार्यालय स्थापना भएको छ ।महाँकाल गाउँपालिका कार्यालय गोटिखेलस्थित वडा नम्बर ३ मा कार्यालय खडा गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा भने चौघरेस्थित पहिले भएको पुरानो गाउँपालिकाको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले ललितपुरका सबै पालिकामा हुने मत गणनास्थलसमेत तय गरेको छ ।ललितपुर महानगरको मतगणना जावलाखेलको स्थानीय प्रशिक्षण भवनमा मत गणना हुनेछ । गोदावरीको कुस्ले चौरस्थित वडा नम्बर ११ मा रहेको वडा कार्यालय, महालक्ष्मी नगरमा इमाडोलस्थित महेन्द्र आर्दश माविमा मत गणना हुनेछ ।बागमती गाउँपालिकाको छपेलस्थित प्रशासकीय भवनमा मतगणना गरिनेछ भने महाँकाल गाँउपालिकाको गोटीखेलस्थित महाँकाल माविमा मत गणना गर्ने कार्यक्रम छ । कोञ्ज्योसोम गाँउपालिकाको बाघभैरव माविमा मतगणना गर्ने योजना रहेको छ ।

nijgadh-supermart-adz1200-630