कैलालीको टीकापुरमा लागू औषधि सहित दुई जना पक्राउ
वि.सं.२०७९ वैशाख ८ बिहीवार ०८:३१
1.27K
shares

काठमाडौं । लागूऔषधिसहित कैलालीमा दुई जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–७ नारायणपुर बस्ने वर्ष २० का लोकेश शाही र २० वर्षीय सुरेश रावललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
उनीहरूलाई १५० गोटा नाइट्राभेट, ६० गोटा विकेयर र १ ग्राम चरेशसहित पक्राउ गरेको हो।उनीहरूलाई टीकापुर नगरपालिका–७ जयशंकरघाट सीमा इलाकाबाट पक्राउ गरिएको पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरामा बुझाइएको गणले जानकारी दिएको छ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार ०८:३१

















