प्रधानमन्त्री देउवा डडेल्धुराको रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने
वि.सं.२०७९ वैशाख २९ बिहीवार ०८:५१
1.48K
shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।
सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्कँदैछन् ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार ०८:५१
















