पैसा बाड्न आएकाे आशंकामा ओमसतियाका एमाले उम्मेदवार सोनुलाई खेदे
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०१:०३
2.42K
shares

भैरहवा । नेकपा एमालेबाट ओम सतिया गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार मन्जित यादव सोनु गॉउमा पैसा बाँड्दै हिडेकाे आशंकामा स्थानीयले लखटेका छन् ।
ओमसतिया गाउंपालिका वडा नं ४ मटेरिया भन्ने ठाउँमा पुगेका उनकाे टाेलीलाई माओवादी कार्यकर्ताले लखटेका हुन् ।
गाडीमा उम्मेद्वार र पैसा लिएर हिडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेको स्थानीयले बताएका छन् ।
आफ्नो निजि गाडी प्रदेश -३- ०१- o२४ च ६७१७ नम्बर को गाडीमा थिए ।
निर्वाचन आचारसंहिता उलङ्घन गरेकाले गाडी जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । यादवकाे टाेलीलाइ सोधपुछ गरेर छोडेको छ ।
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०१:०३

















