काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साहको अग्रता कायम, केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि
वि.सं.२०७९ जेठ ३ मंगलवार ००:२६
2.85K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार वालेन्द्रले ८ हजार ६२० मत ल्याएका छन् । महानगर प्रमुखमा नेकपा एमालेका केशव स्थापितले ४ हजार ५४० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ३ हजार ९८० मत पाएकी छन् ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले ७ हजार ८३० मत ल्याएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २ हजार २२० मत पाएका छन् ।
वि.सं.२०७९ जेठ ३ मंगलवार ००:२६

















