skip this farak Kura Pravakar

निजगढमा १५ हजार ५ सय ५३ मत गणना, एमालेको अग्रता कायमै

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढमा कुल २१ हजार ७७ मतमा १५ हजार ५ सय ५३ मतगणना सकिएको छ । निजगढमा एमालेले अग्रता लिएको छ ।

मेयर पदमा एमालेका सुरथ पुरीले ८ सय ६० मतले अग्रता लिएका छन् । उनले ७ हजार १ सय ५८ मत ल्याएका छन् भने ६ हजार २ सय ९८ मत गठबन्धनका सुरेश कुमार खनालले पछ्याई रहेका छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ९४ मत सहित अग्रता लिएकी छिन् । उनले ६ हजार ४ सय ४४ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले ६ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।

७ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं। ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ को गणना सकिएको हो ।

nijgadh-supermart-adz1200-630