skip this farak Kura Pravakar

निर्वाचनको परिणाम उत्साहजनक आएको कांग्रेसका महामन्त्री शर्माको भनाई

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताए ।

निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्‍चित भएको बेला महामन्त्री शर्माको यो प्रतिक्रिया आएको हो । परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उनको भनाइ छ ।

कांग्रेस पहिलो दल बन्‍ने अवस्थामा पुग्‍नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताए । उनले आगामी प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनमा पनि तालमेल हुन सक्ने सङ्‍केत गरे । गठबन्धन दलहरूबीच तालमेल राम्रै भएको र खोलो तर्‍यो, लौरो बिर्स्यो गर्न नहुँने बताए ।

१७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो ।तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ ।

nijgadh-supermart-adz1200-630