skip this

प्रदीप शाहीको ‘अन्तिम संस्कार’ मा दिया पुन फाइनल

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।निर्देशक प्रदीप शाहीले नयाँ फिल्म ‘अन्तिम संस्कार’ निर्माण गर्ने भएका छन् । फिल्मका लागि उनले अभिनेत्री दीया पुनसँग लिखित सम्झौता गरेका छन् ।विनोद सुवेदी खत्रीको निर्माण रहने फिल्ममा विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी, सुस्मिता गिरी, श्याम राईलगायतको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा, बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ ।‘अन्तिम संस्कार’ अब केही समयपछि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सनको व्यानरमा सामाजिक कथामा फिल्म निर्माण हुन लागेको हो ।

nijgadh-supermart-adz1200-630