बाराका सांसद यादवले गरे सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:०५
4.12K
shares

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ ।
बारा क्षेत्र नं. ३ का सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।
बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका जसपाका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए ।
मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।
श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:०५

















