skip this farak Kura Pravakar

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, सामाजिक सञ्जालमा तरङ्ग

केन्द्रबिन्दु भक्तपुरकाे चागुनारायण

2.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं उपत्यकाम भूकम्पको धक्का महसुस भएको छ। बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे ।

भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

सामाजिक सञ्जालमा काठमाडौंवासीले भुकम्पकाे महसुस भएकाे स्टाटस लेखेका छन् । ललितपुरकि उषा केसीले आयो है फेरि ….कोकोले थाहा पाउनु भो भुइँचालो भनेर लेखेकी छिन् ।

त्यस्तै चन्दा श्रेष्ठले कस्ताे ठुलाे झड्का भनेर लेखेकी छिन्। त्यस्तै जानकी बज्राचार्य भुकम्प फेरि भनेर लेखेकी छिन् ।

त्यसैगरि सिमा श्रेष्ठ कर्मचार्यले भुकम्प नै आको हो कि मलाई तेस्तो लागेको हो ?जमिन पुरै हल्लयो बा !

   

nijgadh-supermart-adz1200-630