skip this

नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेले गरे अश्लील गालीगलौज र हातपात

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पर्यटनमन्त्री प्रेम आलेले आफ्ना पार्टीका कार्यकर्तालाई आफूले भनेको जागिर नलगाइदिएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील लागि गर्दै हातपात गरेका छन्।

मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुव्र्यव्याहार गरेका सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ ।

यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका थिए ।

मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन । सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।

 

nijgadh-supermart-adz1200-630