रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
वि.सं.२०७९ असार १९ आइतवार ११:४८
3.18K
shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् ।
गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वि.सं.२०७९ असार १९ आइतवार ११:४८

















