चितवनको भरतपुरमा बसले किचेर सहचालकको मृत्यु
वि.सं.२०७९ असार २६ आइतवार १२:००
1.51K
shares

काठमाडौं । चितवनमा बसले किचेर सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा गम्भीर घाइते भएका सहचालक भरतपुर–२४ का सुरज नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।
बस चालक भरतपुर–२७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बस बिग्रिएपछि मर्मतका लागि भनेर सहचालक बस मुनि गएका बेला चालकले बस स्टार्ट गर्न पुगेका थिए । बस चालकले स्टार्ट गरी बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सुरज किचिएका थिए ।
वि.सं.२०७९ असार २६ आइतवार १२:००

















