मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु
वि.सं.२०७९ असार २९ बुधवार १०:०७
1.54K
shares

काठमाडौं । मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि तीन घाइते भएका छन् ।गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् ।चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेकोछ ।
वि.सं.२०७९ असार २९ बुधवार १०:०७

















