skip this farak Kura Pravakar

यसपालिको तिहारमा धरानले बाहिरबाट सयपत्री फूल नभित्र्याएर चाड नमनाओस्–हर्क साम्पाङ

2.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुनसरीको धरान नगरबासीले यसपालिको तिहारमा सयपत्री फूल आयात नगर्ने भएको छ । आज सामाजिक सञ्जाल मार्फत मेयर हर्क साम्पाङले यसपालिको तिहारमा धरानका जनताले अन्तबाट फूल आयात नगर्ने घोषणा गरेका छन् ।

मेयर साम्पाङले धरान नगरवासीलाई आफैँले फूल रोपेर तिहारमा आयात नगर्ने योजनासमेत सार्वजनिक गरेका छन् । यसअघि सार्वजनिक जग्गामा फलफूलको विरुवा रोप्ने अभियान चलाएका उनले फूल रोप्ने अभियान सञ्चालन गर्ने उद्घोषण गरेका हुन ।

उन समाजिक सञ्जालमा लेखेका छन्, ‘यसपालिको तिहारमा धरानले बाहिरबाट सयपत्री फूल भित्र्याएर चाड नमनाओस् , आफ्नै खोला–खोल्सीमा फूलेका फूल प्रयोग गरोस् । १४ गते ७ बजे सयपत्रीको विरुवा लिएर निशाने पाखैभरि देखा पर्नु होला ।’

nijgadh-supermart-adz1200-630