skip this farak Kura Pravakar

रजनी राई नागरिकता प्रकरण,दोषीमाथि कारबाहीको माग

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाराको निजगढ नगरपालिका–१२ बाट एक विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै रतनपुरका युवाहरूले सोमबार इलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित धर्ना र प्रर्दशन गरेका छन ।

सचेत युवा समूह रतनपुरीले प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०र६० जना युवाहरूको समूहले नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव शुभचन्द्र महतो र नक्कली आमारआमा बन्ने जिरामाया र श्यामराज गोलेमाथि छानबिन गरी कारबाही माग गर्दै इलाका प्रशासन कार्यालयमा धर्ना र प्रदर्शन गरेका हुन ।

उनीहरूले सर्जमिन मुचुल्कामा सहीछाप गर्ने स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानमाथि पनि कारबाहीको माग गरेका छन ।दोषीमाथि कारबाहीको माग गर्दै युवाहरूले गत ८ असारमा इलाका प्रशासन कार्यालय सिमरामा उजुरी गर्दा गरेका थिए । उजुरीमाथि कारबाही नभएपछि धर्ना र प्रदर्शन गर्नुपरेको स्थानीय रमण घिमिरेले बताए ।

कार्यालयका निमित्त प्रमुख शिव अचार्यले ईलाका प्रशासन कार्यालय प्रमुख मोहनप्रसाद अर्याल बिदामा बसेको र आएपछि छानबिन सुरु गरिने आश्वासन दिएपछि धर्ना स्थगित गरिएको जानकारी दिए ।

वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जलिङक घर भएकी २१ वर्षिया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन । राईले नागरिकताको प्रमाणपत्र लिइसकेपछि वडा अध्यक्ष गोलेले नागरिकता खारेजीको लागि इलाका प्रशासन कार्यायलमा ४ असारमा निवेदन दिएका थिए ।

nijgadh-supermart-adz1200-630