skip this

गगन थापालाई भावी प्रधानमन्त्रीका समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण छैन–विश्वप्रकाश शर्मा

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले स्पष्ट पारेका छन्। गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नुपर्ने बताएका छन् । महामन्त्री शर्माले गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति भएको दाबी गरेका छन्।

५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहासरहेको र गगनलाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको उनले प्रस्टाएका छन् । बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काङ्ग्रेसको इतिहास रहेको महामन्त्री शर्माले बताए ।कांग्रेसमा गगन मात्र होइन थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको उनले बताए।

nijgadh-supermart-adz1200-630