skip this

देशभर थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ६८२ जनाको परीक्षण गर्दा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज एक जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन।

लगातार संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ। जसमा सबैभन्दा धेरै काठमाडौंमा ३ हजार ७८ जना रहेका छन्। यस्तै ललितपुरमा ७ सय ४७ र भक्तपुरमा ८७ जना रहेका छन्।

मन्त्रालयको विवरण अनुसार हाल देशभर ४६ जना संक्रमित आइसियु र २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। यस्तै ५ हजार ४७१ जना संक्रमित होम आइसोलेशनमा र १७० संक्रमित संस्थागत आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ।

nijgadh-supermart-adz1200-630