skip this

शनिबारदेखि बन्द रहेको सुर्खेत–जुम्ला सडक खण्ड खुल्यो

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत। शनिबारदेखि बन्द रहेको सुर्खेत–जुम्ला सडक खण्ड खुलेको छ । कालीकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि शनिबार बिहानदेखि बन्द रहेको सडक खण्ड आज बिहानदेखि खुलेको हो ।

सडक छेउबाट सहायक बाटो बनाइ सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् । सडक खुलेपछि नेपालगञ्ज र सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुका लागि छुटेका गाडी गन्तव्यतर्फ लागेका छन् ।

nijgadh-supermart-adz1200-630