हाम्रो सहकार्यको क्षेत्रमा पहिलो तार्गेट शिक्षा नै हो [अन्तर्वार्ता]
अर्पित अग्रवाल, निर्देशक, भिजी फाउण्डेशन
वि.सं.२०७९ साउन २७ शुक्रवार १८:४०

नेपालको अग्रणी व्यवसायिक समुह हो–विशाल ग्रुप । व्यवसायसंगै सामाजिक उत्तरदायित्व समेत निभाउँदै आएको विशाल ग्रुपले त्यसका लाग भिजी फाउण्डेशन सञ्चालन गरेको छ । फाउण्डेशनमार्फत उसले विभिन्न संस्थालाई सहयोग पु¥याउँदै आएको छ । फाउण्डेशनको गरिरहेको कार्य र उद्देश्यको विषयमा निर्देशक हुन अर्पित अग्रवालसंग गरिएको कुराकानी ।
भिजीको सिएआर कार्यक्रम कहाँ बढी केन्द्रित छ ?
–यो सामाजिक संस्था सुरु भएको ११ वर्ष भयो । हामीले सुरुवातदेखि नै शिक्षा क्षेत्रमा काम गर्दैै आएका छौं । हाम्रो पहिलो तार्गेट शिक्षा क्षेत्र नै रह्यो । किनभने, देश, समाज र जनताको उत्थानका लागि शिक्षा सबैभन्दा जरुरी छ । हरेक बच्चालाई शिक्षाको पहुँच पु¥याउने अभियानमा हामीले नजिकबाट सहकार्य गरेर काम गरिरहेका छौं । यस्तै, फिमेल सेनेटरी हाइजिन र महिलालाई राजनीतिक साक्षरताका कार्यक्रम पनि निःशुल्क प्रदान गरिरहेका छौं । ब्लाङ्केट वितरण र निःशुल्क खाना खुवाउने काम पनि जारी छ । अब हाम्रो सिएसआर कार्यक्रम स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुनेछ ।
मानव अंग्र प्रत्यारोपण केन्द्रलाई के–के सहयोग गर्नुभयो ?
–हामीले एउटा हेमोडायलाइसिस मेसिन दिएका छौं । डेढ सय ब्लाङ्केट पनि प्रदान ग¥यौं । तीन महिनादेखि अस्पतालमा भर्ना हुने बिरामीलाई एक वर्षसम्मका लागि निःशुल्क खाना खुवाउन सुरु गरेका छौं । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहयोग बढाउँदै लैजान्छौं ।
बिरामीले डायलाइसिस गर्न महिनौं कुरेको कहाँबाट थाहा पाउनुभयो ?
–मेरो बुवा अशोक अग्रवाल सामाजिक कार्यमा विश्वास गर्नुहुन्छ । उहाँले समाचार पढेर डायलाइसिस गराउन महिनौं कुर्नुपर्ने थाहा पाउनुभएछ । उहाँ आफै अस्पताल आएर सहयोग गर्न कस्सिनुभएको हो । हामीले डायलाइसिस मेसिन र निःशुल्क खाना खुवाउन सकेमा विरामीलाई राहत पुग्ने महसुस ग¥यौं ।
सहयोगका नाममा पैसा मात्र दिनु ठूलो कुरा थिएन । यो अस्पतालले सामान्य आयस्रोत हुने विरामीको उपचार गरिरहेको छ । यहाँ सहयोग गर्दा वास्तविक मान्छेले लाभ लिन सक्ने महसुस भयो ।
हामीले दिएको मेसिनबाट विरामीले सहजै डायलाइसिस गराउन पाउन भन्ने हो ।
अस्पतालमा सयौं विरामी डायलाइसिस गराउन पालो कुरेर बसेको सुनियो । भिजी फाउण्डेशनले सहयोगको सुरुवात गरेको छ, आगामी दिनमा पनि पक्कै सहयोगले निरन्तरता पाउने छ ।
–नयाँ पत्रिकामा प्रकाशित छ
वि.सं.२०७९ साउन २७ शुक्रवार १८:४०





![सञ्चालक भाग्ने या उम्किने अवस्था छैन : सहकारी विभाग रजिष्ट्रार नमराज घिमिरे [अन्तर्वार्ता ] सञ्चालक भाग्ने या उम्किने अवस्था छैन : सहकारी विभाग रजिष्ट्रार नमराज घिमिरे [अन्तर्वार्ता ]](https://faraknepal.com/wp-content/uploads/2023/05/namaraj-ghimire-faraknepal-428x254.png)
![निजी क्षेत्रका कतिपय माग सरकारले सुन्दैन : अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी [अन्तर्वार्ता] निजी क्षेत्रका कतिपय माग सरकारले सुन्दैन : अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी [अन्तर्वार्ता]](https://faraknepal.com/wp-content/uploads/2023/05/chandramadi-adhikari-faraknepal-428x254.jpg)
![क्यान महासंघको विधान नै युवालाई नेतृत्वमा पुग्न बाधक छ : चिरञ्जीवी अधिकारी [अन्तर्वार्ता] क्यान महासंघको विधान नै युवालाई नेतृत्वमा पुग्न बाधक छ : चिरञ्जीवी अधिकारी [अन्तर्वार्ता]](https://faraknepal.com/wp-content/uploads/2022/08/chiranjibi-5-428x254.jpg)
![मलाई असफल पार्ने र छायाँमा पार्ने योजना बन्यो : सुरथ पुरी, नगर प्रमुख [ जनप्रतिनिधि संवाद ] मलाई असफल पार्ने र छायाँमा पार्ने योजना बन्यो : सुरथ पुरी, नगर प्रमुख [ जनप्रतिनिधि संवाद ]](https://faraknepal.com/wp-content/uploads/2022/08/surathpuri1-428x254.png)







